देश

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौं । कास्कीको पोखरा आजदेखि औपचारिक रूपमा पर्यटकीय राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित विशेष अध्ययन समितिको प्रतिवेदनका आधारमा प्रदेश सरकारको फागुन २३ मा बसेको मन्त्रीपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको कार्यक्रममा जानकारी गराइयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *