देश

शोक प्रस्ताव पारित गर्दै भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मन्जु शर्माअन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।

साठी बर्षिय सांसद अन्सारीको उपचारका क्रममा आइतबार असमायकि निधन भएको हो। बैठकले निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *