खेलकुद

स्वरेजले इन्टर मियामीलाई जिताए

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले डिसी युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मियामीले डिसी युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले २ गोल गरेका थिए भने लिओनार्दो काम्पानाले एक गोल गरेका थिए । त्यसैगरी डिसी युनाइटेडका लागि जारेड स्ट्रोउडले एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा खेलको ९०औं मिनेटमा डिसीका पेड्रो सान्तोसले रातो कार्ड पाएका थिए ।

आफ्ना सुपरस्टार खेलाडी लियोनेल मेसी बिना खेलेको इन्टर मियामी यो जितपछि ५ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी डिसी युनाइटेडको ४ खेलमा ५ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *