खेलकुद

अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले दमाकलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल हिलालको जितमा माइकलले खेलको ९३औं मिनेटमा निर्णायक गोल गरेका थिए । यसअघि अल हिलालका लागि सलेम अलडावसरीले शुरुवाती गोल गरेका थिए । त्यस्तै दमाकका लागि डोमागोज एन्टोलिकले एक गोल गरेका थिए । यस खेलमा दमाकका धारी अल अनाजीले खेलको ८८औ मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि अल हिलालको साउदी लिगमा २४ खेलमा ६८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । अल हिलाल दोस्रो स्थानमा रहेको अल नासरभन्दा स्पष्ट १२ अंकले अगाडी रहेको छ ।

त्यसैगरी दमाकको भने २४ खेलमा ३४ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *