खेलकुद

बायर्नको जितमा केनको कीर्तिमानी गोल

काठमाडौँ । इङल्याण्डका स्ट्राइकर ह्यारी केनले जर्मनीको बुण्डेसलिगामा नयाँ किर्तिमान बनाएका छन् ।

केनले डेभ्यु सिजनमा लिगमा ३१ गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् । केनले शनिबार राति सम्पन्न डर्मस्टाडटविरुद्ध गोल गर्दै नयाँ किर्तिमान बनाएका हुन् ।

केनले २६ खेल खेल्दै लिगमा ३१ गोल गरेर डेभ्यु सिजनमा अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका हुन् । उनले यसअघि बायर्नका पूर्व खेलाडी उवे सीलेरको डेभ्यु सिजनको ३० गोलको रेकर्डको बराबरी गरेका थिए ।

यस खेलमा बायर्नले डर्मस्टाडटलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा केनको एक गोलको अलावा जमल मुसिआलाले २ तथा सेर्गी ग्नाब्री र माथिस टेलले एक गोल गरेका थिए ।

यो जितपछि बायर्नको लिगमा २६ खेलमा ६० अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । बायर्न शिर्ष स्थानमा रहेको लिभरकुसेनभन्दा ७ अंकले पछाडी रहेको छ । यद्यपी लिभरकुसेन एक खेल कम खेलेको थियो । डर्मस्टाडट भने लिगमा २६ खेलमा केवल १३ अंकसहित पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *