खेलकुद

कोशी प्रदेश ट्रफी टी-२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

काठमाडौँ । कोशी प्रदेश ट्रफी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा मात्रै एक विकेट गुमाएर भेट्टायो । आर्मीका तृतराज दासले अर्धशतक बनाए । यस्तै इमरान शेखले ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले २७ र रवीन्द्र शाही तथा मनिष थापाले समान २१ रन बनाए । आर्मीका तृतराज दास, बसिर अहमद, शहाब आलम र सुमित श्रेष्ठले समान दुई विकेट लिए । मोरङ क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोली र सात वटा प्रदेशका टोली सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *