खेलकुद

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको उपाधि न्यूरोड टिम एनआरटीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीले मोरङ फुटबल एशोसिएसनलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

एनआरटीले दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यस अघि एनआरटीले बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनेको थियो ।

एनआरीटी विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै मोरङ भने चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको थियो । धरान फुटबल क्लबको आयोजनामा सम्पन्न यस प्रतियोगिताको विजेता एनआरटीले ट्रफीसहित नगद रु १० लाख पाएको छ भने उपविजेता मोरङले नगद रु पाँच लाख पुरस्कार पाएको छ ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *