देश

लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित

बुटवल । लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए ।

२१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *