देश

विश्वासको मतको प्रस्तावमाथि संसदमा मत विभाजन शुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधि सभामा मत बिभाजनको प्रक्रिया शुरु भएको छ ।

यस अघि प्रस्तावको पक्ष विपक्षमा दलीय आधारमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

विश्वासको मतको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी, नाउपा लगायतका दलहरु देखिएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउने देखिएको छ ।

विश्वासको मतका लागि हाल प्रतिनिधिसभामा कायम रहेका २७२ सांसद मध्ये १३७ मत आवश्यक पर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *