काठमाडौं । बागमती प्रदेशसभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा विशेष समितिको प्रतिवेदन माथि छलफल हुने र पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए ।
बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यस पछि आर्थिक वर्ष २०८०–०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि हिजो मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले समितिको प्रतिवेदन पेश गरेका थिए ।




