काठमाडौँ। फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपाल र बहराइनबीचको दुवै खेल बहराइनमै हुने जानकारी गराएको हो ।
एन्फाले जनाएअनुसार नेपाल र बहराइनबीचको पहिलो लेग मार्च २१ तथा दोस्रो लेग मार्च २७ तारिखमा हुने तालिका रहेको छ ।
त्यसअघि नेपालले मलेसियाविरुद्ध मार्च १५ मा मैत्रीपूर्ण फुटबल खेल खेल्ने एन्फाले जनाएको छ ।





