काठमाडौं । हङकङ,पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ।
खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङमा आजबाट शुरु हुने सिरिजमा सहभागीता जनाएको हो ।
बिहीबार हङकङ पुगेको नेपाली टोलीले सिरिज शुरु अगावै शनिबार घरेलु टोली हङकङसँग मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको छ । बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।




