खेलकुद

मैत्रीपूर्ण ‘टच रग्बी’ खेल सम्पन्न

काठमाडौैं । नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडीबीच शान्तिनगरको फुटसल मैदानमा प्रतिस्पर्धा भएको थियो ।

कमिटीकी महिला विभाग प्रमुख एलिसा थापाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताईन । उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिईन ।

थापाले खेलक्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन।

राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले महिलालाई सशक्तरुपमा अगाडि बढाउन सके समाजमा महिलामाथि हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने बताईन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *