खेलकुद

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं। म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो ।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक-एक गोल गरेका थिए ।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३-१ को नै नतिजा निकालेको थियो ।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पीएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *