राजनीति

माओवादीले आजै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ । बैठक अहिले बिहान १० बजे दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको हो ।

मुख्यमन्त्री शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई हटाएका थिए । आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै आज बुधबार माओवादीले आफ्नो समर्थन फिर्ता लिन लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *