खेलकुद

केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

काठमाडौं। जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ ।


दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि सुरु हुँदैछ ।बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *