काठमाडौँ।कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौंको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो ।
कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमांकन गर् लगायतका नारा लगाएका थिए । उनीहरुले १ नंवर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रुपमा मनाएको जनाएका छन् ।
गत बर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो ।




