खेलकुद

जावलाखेललाई हराउदै एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौँ । न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए ।

अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *