बागमती प्रदेश

बागमतीको सर्वदलीय बैठकमा जुटेन सहमति, दिउँसो पुन :बस्ने

हेटौँडा।बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने भएको छ।

बिहान ८ बजे सभामुख भुवन कुमार पाठको निवासमा बसेको सर्वदलीय बैठकका सरकार र विपक्षी दलहरुबीच सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आजै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलको बैठक बसेर निष्कर्षसहित दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने तयारी भएको बताए। अहिले प्रदेश सभाका सबै संसदीय दलको बैठक बस्दै छ।

आइतबार बसेको सर्वदलीय बैठकमा सदन चलाउन दिने समझदारी भए पनि बजेटका सन्दर्भमा रहेका विवाद भने समाधान हुन नसक्दा बैठक आज बिहान बस्ने गरी निर्णय भएको थियो। प्रदेशसभाका प्रतिपक्षी दलहरूले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आइरहेको छ। सहमति अनुसारको बजेट विनियोजन नभए संसद् बैठक पनि सञ्चालन गर्न नदिने चेतावनी प्रतिपक्षी दलले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *