खेलकुद

लगातार विकेट गुमाएर दबाबमा नेपाल

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ ।

कुशल मल्ल तेस्रो विकेटका रूपमा व्यक्तिगत २ रनमा आउट भए। पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।

आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए । भिभियान किङ्माले २ र आर्यन दत्तले एक विकेट हात पारे । दत्तले आफ्नो पहिलो ओभरमा कुशललाई आउट गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *