
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बोर्नमाउथलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको २४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
म्यानचेस्टर सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा एक अंकले मात्र पछाडी रहेको छ । शिर्ष स्थानमा रहेको लिभरपुलको २६ खेलमा ६० अंक रहेको छ ।
त्यसैगरी बोर्नमाउथको भने २६ खेलमा २८ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।