राजनीति

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना

काठमाडौं। नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन्। अध्यक्षमा ढुङ्गानाले प्रतिस्पर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन्। उनने दुई सय ८७ मत पाएका छन् भने पाण्डेले २ सय १८ मत प्राप्त गरे। अर्का उम्मेदवार दुर्गा जोशीले ६३ मत पाए।

अध्यक्षका लागि तीनजना उम्मेदवार थिए। तीनैजना अध्यक्षका उम्मेदवारले प्यानल नै बनाएर चुनाव लडेका थिए। सहमति नजुटेपछि अधिवेशन उद्घाटन भएको ६ दिनपछि शुक्रबार मतदान भएको थियो। त्यस्तै,उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट, उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *