खेलकुद

चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको शानदार जित

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ ।

एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको हो ।

केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए ।

यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ ।

त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *