
ललितपुर।नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको छ ।
सहमहामन्त्री जीवन परियारका अनुसार केही बेरमा बैठक बस्न लागेको हो । महासमिति बैठकको विषय केन्द्रित छलफलका लागि बैठक बस्न लागेको उनले जानकारी दिए ।
बैठक गोदावारीमै बस्न लागेको जनाइएको छ ।
सोमबारबाट सुरू भएको कांग्रेस महासमिति बैठक आजै सक्ने तयारी छ ।