खेलकुद

नयाँ सिजनमा इन्टर मियामीको विजयी शुरुवात

काठमाडौँ । मेजर सकर लिग (एमएलएस) को नयाँ सिजनमा इन्टर मियामीले विजयी शुरुवात गरेको छ ।

विहिबार सम्पन्न नयाँ सिजनको पहिलो खेलमा इन्टर मियामीले रियल साल्ट लेकलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरको हो ।

इन्टर मियामीको जितमा रोबेर्ट टेलर र डिएगो गोमेजले एक एक गोल गरेका थिए । इन्टर मियामीका लागि लियोनेल मेसी र लुइस स्वरेजले एक एक गोल असिस्ट गरेका थिए ।

यो जितसँगै इन्टर मियामीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

लिग अन्तर्गत इन्टर मियामीले अर्को खेल फेब्रुअरी २६ मा एलए ग्यालेक्सीविरुद्ध खेल्ने छ ।