राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो ।

बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *