काठमाडौँ । अल नासर एशियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा ल नासरले अल फेइहालाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित अल नासर क्वाटरफाइनलमा पुगेको हो । यस अघि पहिलो लिगमा अल नासर १-० ले विजयी भएको थियो ।
अल नासरको जितमा ओटाभियो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
अब अल नासरले क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग खेल्ने छ । अब क्वाटरफाइनलको खेल मार्चमा हुने छ ।




