खेलकुद

नामिबियाले गुमायो पाँचौं विकेट

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । उनले अर्धशतक बनाएका जेरहार्ड इरासमसलाई आउट पारे । इरामस ५६ बलमा ५२ रन जोडेर पेभिलियन फर्किए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *