पर्यटन

पहिलोपटक नेपालमा टुरिजम् हिरो अवार्ड्स् आयोजना हुने

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थामध्येबाट नेपालमा पहिलोपटक ३१ वटा विद्यामा टुरिजम् हिरो अवार्ड्स् प्रदान गरिने भएको छ।

ग्लोबल टुरिजम् प्रोमोसन काउन्सिलले नेपालमै पहिलोपटक टुरिजम् हिरो अवार्ड्स् २०२४ आयोजना गर्न लागेको जनाएको छ । होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कूल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। टुरिजम् हिरो अवार्डको नोमिनेस आजैबाट खुला गरिएको छ।

टुरिजम् हिरो अवार्ड्स् २०२४ को आधिकारिक वेबसाइट टुरिजम् हिरो डट ओआरजीमा गएर जो नोमिनेसन फाइल गर्न सकिनेछ । प्राप्त नोमिनेसनमध्येबाट पूर्ण र आधिकारिक विवरण भरिएका नोमिनेसनलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइनेछन्। भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारिक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढीभन्दा बढी भोटिङका लागि आह्वान गरिनेछ। टुरिजम् हिरो अवार्ड्स् २०२४ को आयोजक ग्लोबल टुरिजम् प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धननमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए।

प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरी टुरिजम् हिरो अवार्ड ट्रफीसमेत हस्तान्तरण गरिनेछ। यो सम्पूर्ण प्रक्रिया वेभमा आधारित र निःशुल्क हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *