राजनीति

एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित

रौतहट।नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए ।

यस्तै सचिव पदमा बाबुराम दाहाल, उपसचिवमा अवधेशकुमार यादव निर्वाचित भएका छन् ।

एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *