खेलकुद

वेस्ट ह्यामको पोष्टमा आर्सनलको ६ गोल

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वेस्टह्याम युनाइटेडविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जित बुकायो साकाले २ गोल गरेका थिए भने विलियम सालिबा, गाब्रियल मागालहाएस, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २४ खेलमा ५२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । समान ५२ अंक रहेको म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा रहेको छ भने २४ खेलमा ५४ अंक भएको लिभरपुल लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी वेस्ट ह्यामको भने २४ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *