खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, देव खनाल आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ३४औं ओभरमा देव खनाललाई गुमाएको हो ।

खनालले ७६ रन बनाएर आउट भएका छन् । खनालले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए ।

यस अघि नेपालले अनि शाहले ५० र आसिफ सेखले १० रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *