देश

न्याय सेवा आयोगले माग्यो ४३ जिल्ला न्यायाधीश

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला चार, आदिवासी÷जनजाति दुई, मधेसी दुई, दलित र अपाङ्ग एक–एक जनाका लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख छ । लिखित र अन्तरवार्ता हुने उक्त परीक्षा काठमाडौँ उपत्यकाबाट मात्रै लिइने छ । जसका लागि केन्द्र पछि तोकिने जनाइएको छ ।

आज शुक्रबार (विज्ञापन प्रकाशन भएको दिनदेखि) ३० दिनभित्र दरखास्त दिन सकिने तथा दोब्बर दस्तुरमा त्यसको सात दिन पछिसम्म पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *