खेलकुद

क्यानडाविरुद्ध कप्तान रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौँ । कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।

एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हर नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् । प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार दिइएको छ ।

रोहितले यस खेलमा ४ विकेट लिएका थिए । उनले ८.५ ओभरमा २ मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए । रोहितले ब्याटिंग तर्फ भने ८ रन मात्र बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *