कोशी प्रदेश

कोशी प्रदेशमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता जारी

विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी आन्दोलनरत पक्षको वार्ता सुरु भएको छ। विराटनगरस्थित बिग होटेलमा करिब ४ बजेबाट वार्ता सुरु भएको हो।

वार्ताका लागि साढे तिनको समय तोकिएको भए पनि आन्दोलन पक्षका प्रतिनिधि आउन ढिलाइ भएकाले निर्धारित समयभन्दा केही ढिलो वार्ता सुरु भएको हो।

६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। पहिचान पक्षधरले बुधबार वार्ता समिति गठन गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *