काठमाडौँ । नेपालले क्यानडाविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ३८औं ओभरमा पाँचौं विकेट गुमाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौं विकेट लिएका हुन् । यो उनको यस खेलमा दोस्रो विकेट हो ।
यस अघि रिजन ढकाल, कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।




