काठमाडौं । रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका नाममा दोब्बरभन्दा बढी रकम असुल्ने तत्कालीन अवैतनिक वाणिज्यदूत नवराज पोखरेल कारबाहीमा परेपछि जर्मनीस्थित नेपाली राजदूतावासले सोझै आवेदन लिन थालेको छ।
दूतावासले बिहीबार एक सूचना प्रकाशित गरी राहदानी नवीकरणका लागि अनलाइन फर्म भर्न आग्रह गरेको छ । २०२४ डिसेम्बरसम्म म्याद रहेका राहदानीहरूको नवीकरण गर्नका लागि सूचीमा नाम लेखाउन सक्ने सूचनामा उल्लेख गरिएको छ।
राहदानी विभागको घुम्ती शिविर सञ्चालन गरी राहदानी नवीकरण गरिने दूतावासले जनाएको छ।





