खेलकुद

सन्दीपको पक्षमा नारा लगाउने समर्थकलाई प्रहरीले मैदानबाट निकाल्यो

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् ।

क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४० औं ओभर चलिरहँदा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका हुन् ।

समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो ।

साथै, प्रहरीले नारा लगाउने ७ समर्थकलाई मैदानबाट बाहिर निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *