खेलकुद

नेपालले सातौं विकेट गुमायो, पवन सराफ आउट

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध सातौं विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका पवन सराफ १५ रन बनाएर आउट भएका हुन् । पवनलाई क्यानडाका बलर शहिद अहमदजाईले आउट गरेका हुन् ।

यसअघि ओपनर आसिफ सेख र कप्तान रोहित पौडेलले ८-८ रन बनाएर आउट भएका थिए भने कुशल भुर्तेल ६२, भीम सार्की १७, कुशल मल्ल २० र आरिफ सेख ३८ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *