काठमाडौं। नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिज जारी छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ।
जारी खेलमा नेपालको दोस्रो विकेट गुमेको छ। नेपालका कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भएका छन्।
पछिल्लो समय उनको ब्याट चल्न छाडेको छ। केही समय अघि सकिएको प्रधानमन्त्री कप क्रिकेटमा पनि उनको प्रदर्शन राम्रो रहेन। आर्मीको टिम छाडेर एपीएफमा गएका उनको टिमले समूह चरण पार गर्ने सकेन।
त्यस अघि ओपनर आसिफ शेख ८ रन बनाएर आउट भएका थिए। जारी खेलमा ओपनर कुशल भुर्तेलले अर्थशतक पूरा गरेका छन्। अहिले कुशल र भीम सार्की क्रिजमा छन्।




