काठमाडौँ । नेपालले क्यानडाविरुद्ध पहिलो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर असिफ सेख ८ रन बनाएर आउट भएका हुन् ।
आसिफलाई क्यानडाका बलर उदय भगवानले आउट गरेका हुन् । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।




