काठमाडौं। नेपाल र क्यानाडाबीच तीन खेलको एक दिवसीय क्रिकेट सिरिज आज सुरु हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे सुरु हुने खेल नेपालको ६० औँ एक दिवसीय प्रतियोगिता हो। नेपाल र क्यानडाले एक दिवसीय मान्यता पाएपछिको पहिलो प्रतियोगिता हो।
नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।
आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन्। सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन्।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी छन्।




