खेलकुद

प्रधानमन्त्री कप क्रिकेटको उपाधि भिडन्त आज, पुलिस र आर्मीबीच प्रतिस्पर्धा

काठमाडौं।  विभागीय दुई टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि शनिबार प्रतिस्पर्धा गर्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन्।

पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। यद्यपि ऊ दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो। पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो । 

आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो। 

पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् । आर्मी तीनपटक उपविजेता बनेको छ। 

उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *