खेलकुद

जापान एशियन कपको क्वार्टर फाइनलमा

काठमाडौँ । जापान एशियन कपको क्वार्टर फाइनलमा पुगेको छ । बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको हो ।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए । यो जितसँगै जापान क्वार्टर फाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *