खेलकुद

इरान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । इरान जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा इरानले ५-३ ले खेल जितेको थियो ।

यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए ।

अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ । त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *