खेलकुद

अफ्रिकन कपको क्वाटरफाइनलको समीकरण पुरा

काठमाडौँ । अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । प्रतियोगिताको राउण्ड १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।

इजिप्ट, सेनेगल, क्यामरुन, मोरक्को जस्ता देशहरु राउण्ड १६ बाटै बाहिरिएका छन् । क्वाटरफाइनलमा नाइजेरिया, एंगोला, डिआर कंगो, गिनी, माली, आइभरी कोष्ट, केप भर्डे र दक्षिण अफ्रिका पुगेका छन् ।

क्वाटरफाइनलका खेलहरु फेब्रुअरी २ देखि शुरु हुने भएका छन् । क्वाटरफाइनलमा नाइजेरियाले एंगोलाको सामना गर्ने भएको छ भने डिआर कंगोले गिनीको सामना गर्ने भएको छ ।

त्यस्तै मालीले आइभरी कोष्टको सामना गर्ने भएको छ भने केप भर्डेले दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *