बागमती प्रदेश

ओलीले पाँचपोखरी थानपाल गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गर्ने, दिइयो सार्वजिनक बिदा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने भएका छन् । पाँचपोखरी थानपाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न बुधबार हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने भएका हुन् ।

गाउँपालिकाले प्रशासकीय भवन उद्घाटनको अवसरमा सार्वजनिक बिदासमेत दिने घोषणा गरेको छ । प्रशासकीय भवनको उद्घाटन समारोहमा एमालेबाहेक सबै राजनीतिक दल र स्थानीयवासीले विरोध जनाएका छन् । आन्तरिक स्रोत साधन नभएको गाउँपालिकाले उद्घाटनकै लागि ठूलो रकम खर्चेर प्रशासकीय भवनको उद्घाटन गर्न लागेकाले उक्त विषयमा सबैले विरोध जनाएका हुन् । प्रशासकीय भवन उद्घाटनको अनुमानित बजेट १५ लाख रहेको बताइन्छ ।

आर्थिक संकटको अवस्था सिर्जना भएको बेला तामझामका साथ प्रशासकीय भवन उद्घाटन गर्न लागेकोमा स्थानीयले आपत्ति जनाएका हुन् । यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको एक विद्यालयको उद्घाटन तामझामका साथ गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *