खेलकुद

सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

काठमाडौँ । एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफ क्लबले १४.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा नै अल आउट हुदै ८७ रन बनाएको थियो ।

यो जितपछि एपीएफले ८ खेलमा पाँचौं जित हासिल गरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको भने यो चौथो हार हो । ८ खेलमा ८ अंक हासिल गरेको सुदूरपश्चिम अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *