खेलकुद

मेसी र स्वरेजको गोलका बाबजुद अल हिलालसँग हार्यो इन्टर मियामी

काठमाडौँ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरेका थिए ।

त्यसैगरी इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसी र डेभिड रुइजले एक एक गोल गरेका थिए ।

हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *