खेलकुद

जोर्डन एसिया कपको क्वार्टरफाइनलमा

काठमाडौं। इराकलाई हराउँदै जोर्डन एएफसी एसिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार साँझ कतारको अल रेयानस्थित खालिफा रंगशालामा भएको तेस्रो प्रि–क्वाटरफाइनलमा इराकलाई ३–२ ले पाखा लगाउँदै जोर्डन क्वार्टरफाइनलमा पुग्ने तेस्रो टोली बनेको हो।

अल नाइमातले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट जोर्डनले अग्रता लिएको थियो।

दोस्रो हाफमा लगातार २ गोल गर्दै इराकले जोर्डनको अग्रता उल्टाइदियो। इराकका लागि ६८ औँ मिनेटमा नातिक र ७६ औँ मिनेटमा हुसेनले गोल गरे।

निर्धारित ९० मिनेट सकिए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा लगातार १ मिनेटको अन्तरमा दुई गोल खाँदै अन्नत इराक प्रतियोगिताबाट बाहिरियो।

जोर्डनका लागि दोस्रो हाफको इन्जुरी समयको ५ औँ मिनेटमा अल अराब र ७ औँ मिनेटमा अल रासदानले गोल गरेका हुन्।

अब सेमिफाइनल प्रवेशका लागि जोर्डनले ताजिकिस्तानसँग फेब्रुअरी २ मा खेल्नेछ। ताजिकिस्तान, यूएईलाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *